2080-03-25
2080-03-25
तस्बिर :
अध्यागमन कार्यालय, त्रि.अ.वि. गाैचर, काठमाडाैं बाट सरूवा भई यस इलाका प्रशासन कार्यालय, सातबिसे, नुवाकोटमा इलाका प्रमुखका रूपमा शाखा अधिकृत सावित्रा भण्डारीले मिति २०८० असार १५ गते पद बहाली गर्नुभएको छ। नुवाकोट जिल्लाका दुप्चेश्वर गाउँपालिकाका सबै सात (७) वटै वडा, तादी गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका ४ वटा वडा तथा पञ्चकन्या गाउँपालिकाका वडा नं ३ र ४ गरी २ वडा कार्यक्षेत्र रहेको यस इलाका कार्यालयबाट नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र जारी हुनुका साथै अन्य विभिन्न सिफारिस जारी हुँदै आएकाे छ साथसाथै इलाका प्रशासन कार्यालयका कर्मचारीहरू ,सुवास लामिछाने, तारा भण्डारीले इलाका प्रमुखलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको हो।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट .