Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय 2082-03-24

नुवाकोट जिल्ला नेपालको मानचित्रमा बागमती प्रदेश अन्तर्गत रहेको एक मध्ये पहाडी जिल्ला हो । उत्तरमा रसुवा जिल्लाको सिमाना जोडिएको झण्डै अर्धचन्द्रकारको रुपमा पूर्व पश्चिम फैलिएर रहेको भौगोलिक बनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, बेशी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ भने नुवाकोट जिल्ला २७º–४५º देखि २८º–२०º उत्तरी अक्षांश सम्म र ८५º–०º देखि ८५º–४५º पूर्वी देशान्तर सम्म अवस्थित रहेको छ । समुन्द्र सतह न्यूनतम ४५७ मिटर देखि अधिकतम ५१४४ मिटर उचाई सम्म भू–धरातल रहेको क्षेत्रफल ११२१ बर्ग कि.मि. छ । यस जिल्लालाई १० गा.पा. र  २ नगरपालिकामा विभाजन गरिएको छ भने यो जिल्ला राजधानी संग समेत जोडिएको ऐतिहासिक, राजनैतिक, भौगोलिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण जिल्ला हो । २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २,६३,३९१ (पुरुष १,२८,९९८ र महिला १,३४,३९३) र परिवार संख्या ६८,६७९ रहेको छ । यो जिल्ला राजधानी देखि सदरमुकाम सम्म ६८ कि.मि.को दुरीमा छ भने जनघनत्व २३५ जना प्रती बर्ग कि.मि. र नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत स्थान ओगटेको छ । यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ्ग, उत्तरमा रसुवा र दक्षिणमा काठमाण्डौ जिल्ला पर्दछ ।


Per Page :
Loading जिल्ला परिचय ...
मिति जिल्ला परिचय विवरण फाईलहरु एक्सन
2082-04-06 संघिय संरचना अनुसार

10 महिना अगाडी
Loading जिल्ला परिचय ...
पछिल्लो अपडेट गरिएको : 2083-03-01 14:54:26

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट .