कार्यालयको परिचय
2082-03-24
१. कार्यालयको संक्षिप्त परिचयः
मुलुकको दैनिक प्रशासन सञ्चालन कानूनी राज्यको कार्यान्वयनका लागि बहुआयामिक महत्वपूर्ण कामका रूपमा शान्ति सुरक्षा अमनचयन र सुशसन कायम गर्ने गृह प्रशासनको मूलभूत काम रहन्छ। स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्ललाको गृह प्रशासन संचालन गर्ने प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटको स्थापना भएको हो। जिल्ला प्रशासन कार्यालय, नुवाकोटको कार्यक्षेत्रको विविधतालाई सम्बोधन गर्न यस जिल्लाको उत्तर पूर्वी भेगका लागि भौगोलिक सन्निकटतामा राज्यको प्रशासनिक निकायको रूपमा ईलाका प्रशासन कार्यालय, सातबिसेको स्थापना आ.व. २०७२/०७३ मा भएको हो।संम्भव भए सम्म स्थापन महिना र गते उल्लेख गर्ने ।
नुवाकोट जिल्लाका घ्याङफेदी, गाउँखर्क, राउतबेसी, वेतिनी, बालकुमारी, समुन्द्रटार, शिखरबेसी, नर्जामण्डप,उर्लेनी, रालुकादेवी, खरानीटार, सातबिसे, पञ्चकन्या र थप्रेक गरी साविकका १४ वटा गाउँ विकास समितिहरू हालका दुप्चेश्वर गा.पा. का वडा नं १ देखि ७ सम्म, तादी गा. पा. का वडा नं १ देखि ६ सम्म र पञ्चकन्या गा. पा. का वडा नं ३ र ४ गरी १५ वटा वडाहरू यस कार्यालयका कार्यक्षेत्र रहेका छन् । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयले मूलत प्रमुख जिल्ला अधिकारी ज्यूबाट अधिकार प्रत्यायोजन भएअनुसार नागरिकता वितरण गर्ने, ईलाका क्षेत्रमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सहयोग गर्ने, विपद् व्यवस्थापनका कार्यमा सहयोग गर्ने लगायत कार्यहरू साथै प्रशासनिक कार्यसम्पादनका लागि कार्यालयहरूबीच संस्थागत समन्वय गर्ने, विभिन्न सिफारिसहरू जारी गर्ने तथा तोकिएअनुसारका काम कारवाहीहरू सम्पादन गर्ने समेतका कार्यहरु गर्दछ ।
२. इलाका प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार
- नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयबाट निर्देशित कार्यहरू गर्ने।
- प्रमुख जिल्ला अधिकारी बाट अधिकरा प्रत्यायोजन भएअनुसार स्थानीय प्रशासन सञ्चालन गर्ने।
- वंशजको नागरिकता वितरण गर्ने ।
- नाबालक परिचय पत्र जारी गर्ने।
- गुनासो तथा ठाडो उजुरीमा तोकिए बमोजिम कार्य सम्पादन गर्ने।
- इलाका क्षेत्रको शान्ति सुरक्षा सम्वन्धी काममा प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने।
- विपद् व्यवस्थापन सम्वन्धी कार्यमा जिल्ला प्रशासन कार्यालयलाई सहयोग गर्ने ।
- निर्देशानुसार अख्तियार दुरुपयोग अनुसन्धान सम्वन्धी कार्य गर्ने।
- सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्य गर्ने ।
- ईलाका क्षेत्रको सवारी साधन संचालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने।
- सरकारी वा सार्वजनिक जग्गामा संरक्षण गर्न सहयोग गर्ने ।
- निर्देशानुसार कार्यालय निरीक्षण तथा अनुगमन गर्ने ।
- सार्वजिनक स्थानमा अवाञ्छानीय व्यवहारको रोकथाम,मादक पदार्थ सेवन नियन्त्रण र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने सहयोग गर्ने ।
- जिल्लामा संचालित विकास निर्माण कार्यमा सहयोग गर्ने।
- ईलाका क्षेत्रमा सञ्चालनमा रहेकबा विभिन्न निकायसँग समन्वय गर्ने।
३ . कार्यालयबाट प्रदान हुने सेवा प्रवाह सम्बन्धी कार्यहरु
क_ स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवाः
- नाम, थर वा उमेर आदि प्रमाणित ।
- नाबालकको उमेर प्रमाणित ।
- दलित आदिवासी जनजाति प्रमाणित ।
ख_ नागिरकता सम्बन्धी सेवाः
- बंशजको नागरिकताको प्रमाण पत्र वितरण गर्ने
- तोकिएअनुसार थर जन्म मिति संशोधन गरी दिने ।
ग_ मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवाः
- गुनासो वा ठाडो उजुरी लिने र मिलापत्र हुनेमा सो गर्ने।
घ विपद् व्यवस्थापन सम्बन्धि सेवा
- जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्देश गरेका कामहरू गर्ने ।
- निर्देशानुसार विपद् सम्बन्धी जोखिम न्यूनीकरणाका लागि तयारी गर्ने ।
- विपद् भएको क्षति विवरण संकलन गर्ने ।
- निर्देशानुसार विपद् पीडित भएकाहरुलार्इ क्षतिपूर्ति एंव राहत वितरण तथा पुनस्थापनामा सहयोग गर्ने ।
ङ) नागरिक सहायता
- कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरुको प्रत्रियाका वारेमा सेवागाहीहरुलाइ सहयोग गर्ने साथै आवश्यकतानुसार निवेदन फारमहरू समेत र लेख्ने/भर्ने व्यवस्था मिलाइएको ।
- सेवाग्राही जनसमुदायको सुविधा र हितलाइ मध्यनजर गर्दे सरल र सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले वडाकार्यालय बाट अनलाइन नागरिकता सेवा विस्तार गरेको र यस कार्यालयले स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस भै आएको विषयमा कार्यालयबाट सेवा लिन थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको ।
- सेवाग्राहीले बाहिरी जिल्लाबाट जुटाउनपर्ने अन्य प्रमाण कागजातहरू कार्यालयकै तर्फबाट झिकाइने व्यवस्था गरिएको।
- कार्यालयमा विचौलियाको प्रवेशलाई निषेध गरिएको।सेवा प्रभावकारिताको लागि सरोकारवालासँग नियमित समन्वयको व्यवस्था गरिएको।
- सेवाग्राहीहरुका लागि निःशुल्क इमेल सहायता
- कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आवश्यक कागजात मगाउन तथा पठाउन कार्यालयमै निःशुल्क इमेल मार्फत पठाउने र हेर्ने व्यवस्था मिलाइएको छ ।
- कार्यालयका गतिविधिहरु Website/ Facebook page मार्फत नियमित रुपमा अद्यावधिक गरिएको ।
- इलाका प्रशासन कार्यालय परिसर भित्र सेवाग्राही तथा कर्मचारीहरुको गतिविधी निरगनी हुनेगरी 4 वटा CCTVजडान गरिएको छ।CCTV माफित सेवाग्राही तथा कर्मचारीहरुको व्यवहार नियन्त्रित भइ सार्वजिनक सेवा प्रवाह चुस्त र सेवाग्राहीमैत्री भएको छ।